१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्ध खरो उत्रन गृहमन्त्री सुदन गुरुङको निर्देशन

नवनियुक्त गृहमन्त्री सुदन गुरुङले भ्रष्टाचारविरुद्ध खरो उत्रन निर्देशन दिएका छन् । पदभार ग्रहण गर्दा नै कडा देखिएका गुरुङले सेवा प्रवाहलाई सहज बनाउने, नागरिकमैत्री सेवा प्रवाह हुनुपर्ने र भ्रष्टाचारका कुनै घटना आउनै नहुने बताए ।  

पटक पटक भ्रष्टाचारको विषय उठाएका उनले कसैले भ्रष्टाचार गरेको सुने कठोर निर्णय लिने चेतावनी दिए । उनले भने, ‘भ्रष्टाचारप्रति सुन्ने सहनशीलता हुन्छ कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन ।’

आफू जनतालाई परिणाम दिनेगरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । कम बोल्ने र नतिजा देखाउनेमा आफू केन्द्रित हुने उनको उद्घोष छ ।

उनले भने, ‘सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखिएको छ । १,२,३ वा क, ख, ग कोठा चाहार्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, सेवाग्राहीसँग कर्मचारी ठोकिनु नपरोस् यसैबाट सुशासन ल्याउन सकिन्छ।’

जेनजीको जनादेशलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाट निर्णय भएपछि त्यसलाई सबैले आत्मसात् गर्नुपर्ने बताउँदै सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई नभएको स्पष्ट पारे ।  

उनले पदभारकै क्रममा जेनजी शहीद प्रति एक मिनेट मौनधारणा गरेर काम सुरु गरेका थिए । 

प्रकाशित: १३ चैत्र २०८२ १५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App