३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

गृहमन्त्रीको सेयर विवादमा स्वतन्त्र छानबिन हुनुपर्छ: ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको विवादित व्यावसायिक साझेदारीबारे स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेका छन्।

व्यवसायी दीपक भट्टसँग जोडिएको कम्पनीमा गृहमन्त्री गुरुङको सेयर रहेको विषयमा सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहीले यस्तो बताएका हुन्।

उनले मिडियामा आएका कुराकै भरमा राजीनामा माग्नुभन्दा पनि सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए।

‘गृहमन्त्रीको सेयर विवादबारे स्वतन्त्र छानबिन हुनुपर्छ,’ नेता शाहीले भने, ‘सत्य के हो, त्यो पत्ता लाग्नुपर्छ। मिडियामा आएकै भरमा भन्दा पनि तथ्यका आधारमा सत्य स्थापित हुनुपर्छ।’

उनले गृहमन्त्रीलाई पदमुक्त गर्ने वा नगर्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै आन्तरिक र नैतिक विषय भएको बताए।

यसअघि पूर्वमन्त्री दीपक कुमार शाहलाई पदमुक्त गरिएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले भने, ‘त्यो रास्वपालाई नै सोध्नुस्, यो हाम्रो विषय होइन। तर, छानबिनमा भने सहयोग गर्नुपर्छ।’

सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसम्बद्ध ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा सेयर लिएको कागजात सार्वजनिक भएपछि अहिले यो विषय चर्चामा छ।

राप्रपाले यसअघि नै यसबारे सरकारसँग स्पष्टीकरण माग गरिसकेको छ।

प्रकाशित: ७ वैशाख २०८३ १५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App