१९ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जालमा गृहमन्त्रीको एक शब्दे स्टाटस: ‘अचम्म’

गृहमन्त्री सुधन गुरुङले बिहीबार सामाजिक सञ्जालमा केवल एक शब्दको स्टाटस लेखेका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘अचम्म’ मात्र उल्लेख गरेका हुन्।

गृहमन्त्री गुरुङले आफ्नो अभिव्यक्ति कुन घटना वा सन्दर्भलाई लिएर व्यक्त गरेका हुन् भन्ने विषय भने खुलाएका छैनन्।

कुनै विस्तृत विवरण नखुलाइए पनि देशको प्रमुख सुरक्षा निकायको नेतृत्व सम्हालिरहेका गृहमन्त्रीको यस छोटो स्टाटसले सामाजिक सञ्जालमा भने विभिन्न अड्कलबाजी जन्माएको छ।

प्रकाशित: १९ कार्तिक २०८३ २०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App