गृहमन्त्री सुधन गुरुङले सुरङ भित्र थुनिएका नागरिकहरूको तत्काल उद्धारका लागि ‘मिनी एक्स्क्याभेटर’ को अति आवश्यक परेको भन्दै आपत्कालीन सहयोगको अपिल गरेका छन्।
सुरङभित्र फसेका नागरिकहरूलाई नेपालमै उपलब्ध साधनस्रोतबाट तुरुन्तै उद्धार गर्नुपर्ने अवस्था आएकाले सरकारले आपत्कालीन सूचना जारी गर्दै मिनी एक्स्क्याभेटर खोजेको हो।
गृहमन्त्री गुरुङले उक्त मेसिन उपलब्ध गराउन सक्ने वा सोसम्बन्धी जानकारी भएका व्यक्तिहरूलाई अविलम्ब सम्पर्क गर्न आग्रह गरेका छन्।
मेसिन उपलब्ध गराउन वा जानकारी दिन चाहनेहरूका लागि ९८४१२४१३५९ नम्बर सार्वजनिक गरिएको छ।
उद्धार कार्यलाई तीव्रता दिन यो सूचनालाई व्यापक रूपमा सेयर गरी सहयोग गरिदिनसमेत गृहमन्त्रीले सबैमा हार्दिक अनुरोध गरेका छन्।
प्रकाशित: ११ भाद्र २०८३ २२:२४ बिहीबार





