२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री गुरुङले गरे कालभैरवको दर्शन

दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी पाएका सुधन गुरुङले कालभैरवको दर्शन गरेका छन्।

बुधबार साँझ सवा आठ बजे हनुमानढोका दरबार क्षेत्र पुगेर उनले कालभैरवको विशेष पूजाअर्चना गरेका हुन्।

मुलुकको शान्ति सुरक्षाको बागडोर पुनः सम्हाल्ने अवसर पाएका गुरुङले आफ्नो कार्यकालको सफलता र शुभकामानाका लागि शक्तिपीठको दर्शन गरेको उनको सचिवालयले जनाएको छ।

हनुमानढोका दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक कालभैरवलाई न्याय र शक्तिको प्रतीकका रूपमा पुजिने गरिन्छ।

उनको आकस्मिक दर्शनका क्रममा हनुमानढोका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रकाशित: २७ जेष्ठ २०८३ २०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App