तीजका दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला चार हजार ६ सय ६० रुपैयाँ रहेको चाँदी आज ४० रुपैयाँले घटेर चार हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित: २९ भाद्र २०८३ १०:५९ सोमबार





