२७ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री गुरुङ आज यूएई जाँदै

गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्ने भएका छन्।

यूएईमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ त्यसतर्फ जान लागेको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जानकारी दिएका छन्।

सम्मेलनमा विश्वभरका प्रहरी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहनेछ। सम्मेलनले अन्तर्राष्ट्रिय सुरक्षा सहकार्य, प्रहरीबीचको समन्वय तथा सुरक्षा चुनौतीका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

गृहमन्त्री गुरुङको यूएई भ्रमण मंसिर २ गतेसम्म रहनेछ। उनी सोही दिन स्वदेश फर्किने कार्यक्रम रहेको छ।

यस भ्रमणलाई नेपाल र अन्तर्राष्ट्रिय सुरक्षा निकायबीचको सहकार्य तथा अनुभव आदानप्रदानका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। 

प्रकाशित: २७ कार्तिक २०८३ १७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App