गृहमन्त्री सुधन गुरुङले औपचारिक कार्यक्रमहरूमा ‘पिर्के सलामी’ नलिने स्पष्ट पारेका छन्।
आज (आइतबार) नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा आयोजित एक कार्यक्रममा उनले ‘पिर्के सलामी’ नलिने स्पष्ट पारेका हुन्। सशस्त्र प्रहरीका डीएसपी लक्ष्मण बरालले स्वागत गरेको उक्त कार्यक्रममा गृहमन्त्री गुरुङले परम्परागत र तामझामपूर्ण सलामीको सट्टा सामान्य र मर्यादित कार्यशैली अपनाउने बताए।
उनको यो कदमलाई प्रशासनिक सुधार र सादगीको रूपमा हेरिएको छ।
शनिबार मध्यरातमा चितवन पुगेका गृहमन्त्री गुरुङ आइतबार दिउँसो नवलपुर पुगेका हुन्। यसअघि उनले भरतपुरमा नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सुरक्षा निकायका उच्च अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिसँग भेट गरेका थिए।
प्रकाशित: २९ चैत्र २०८२ १९:१६ आइतबार





