२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रवीन्द्रको शव बुझ्न आफन्तले अस्वीकार गरेपछि गृहमन्त्री अस्पताल जाँदै

गृहमन्त्री सुधन गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जाने भएका छन्।

कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको शव आफन्तले बुझ्न अस्वीकार गरेपछि गृहमन्त्री अस्पताल जान लागेका हुन्। आफन्तले माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएपछि गुरुङ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल जान लागेका हुन्।  

अस्पताल परिसरमा रहेका आफन्तहरूले गृहमन्त्री स्वयं उपस्थित भएर आफ्ना मागबारे स्पष्ट धारणा दिनुपर्ने माग गर्दै धर्ना दिइरहेका छन्। उनीहरूले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

कप्तानगञ्ज घटनाका कारण सुनसरी र सिरहामा यसअघि नै ३ जनाको मृत्यु भएको छ। उनीहरुको परिवारसँग गृहमन्त्रीले विभिन्न सहमति गरेका छन्। रवीन्द्रको परिवारले पनि गृहमन्त्रीको उपस्थितमा मात्र शव बुझ्ने अडान लिएको हो। 

प्रकाशित: १९ श्रावण २०८३ १७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App