५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा

गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पत्ति छानबिनको डरले देश छाडेर भागेको दाबी गरेका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै भेटिएका छन्।

जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै बुढानीलकण्ठस्थित निवासमा उनी सोमबार सार्वजनिक भएका हुन् ।  

गृहमन्त्री अर्यालले एक अन्तर्वार्तामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सक्रिय भएपछि पूर्वऊर्जामन्त्री खड्का भागिसकेको र अन्य पनि भाग्न खोजेको दाबी गरेका थिए। तर, गृहमन्त्रीको उक्त भनाइको एक दिनपछि नै खड्का आफ्नो जलेको घरबाट पत्रकारहरूसँग अन्तरक्रिया गरिरहेका छन्।

प्रकाशित: ३ कार्तिक २०८२ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App