नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्री ओमप्रकाश अर्यालले राज्य चलाउन नसक्ने बताएका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गृहमन्त्री अर्यालका पछिल्ला अभिव्यक्तिले उनले राज्य चलाउने हैसियत नराख्ने दाबी गरे । उनको प्रश्न छ, 'गृहमन्त्री राज्य चलाउन खोजिरहेका छन् कि विद्रोहको नेतृत्व गरिरहेका छन् ?'
संविधान र कानुन अनुसार अगाडी बढेर मुलुकको गृहमन्त्री बन्न अर्याललाई पोखरेलको सुझाव छ । शान्ति सुरक्षा गृहमन्त्रालयको पहिलो कर्तव्य हुनु पर्ने बताउँदै पोखरेलले जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिने, लुटिएका हतियार फिर्ता गर्ने कुरामा गृहमन्त्री र प्रशासनको पहिलो ध्यान बन्नु पर्ने उल्लेख गरे ।
प्रकाशित: २३ आश्विन २०८२ १३:३३ बिहीबार





