गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्रको सुरक्षा व्यवस्था चुस्त बनाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।
मन्त्रालयमा आज बसेको बैठकमा उनले सांसदहरुको सपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाईसमेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
बैठकमा नवनिर्वाचित संघीय सांसदको सपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो। त्यसक्रममा आवश्यक सबै तयारी पूरा भएको प्रहरीले अवगत गराएको थियो।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको उपस्थिती थियो।
प्रकाशित: ८ चैत्र २०८२ १९:०१ आइतबार





