१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रवि र छविको मुद्दामा सुनुवाइ हुँदै

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदैछ।

सुनुवाइ उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा हुने छ। न्यायाधीशहरू ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा उनीहरूको मुद्दा परको छ।

यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एकै प्रकृतिको भएको भन्दै संयुक्त रूपमा सुनुवाइ गर्न आदेश गरेको थियो।

बिगोवमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो।

प्रकाशित: १३ कार्तिक २०८२ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App