नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।
सोमबार सर्वोच्चमा आफूलाई हटाउनु गैरकानुनी भएको भन्दै दायर गरेको रिट दर्ता भएको थियो भने रिटको पेशी आजका लागि तोकिएको थियो। न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ।
मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो।
शाक्यमाथि ऊर्जामन्त्री कुलमान घिसिङले प्रतिशोध साँधेको आरोप लाग्दै आएको छ। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्र ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई प्राधिकरणबाट बर्खास्त गर्ने निर्णय गर्दै उनको ठाउँमा शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
जेनजी आन्दोलनपछि सरकारमा ऊर्जासहित तीन मन्त्रालयको मन्त्री बनेका घिसिङले असोज ५ गते शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय गराएका थिए।
प्रकाशित: १८ कार्तिक २०८२ ११:२४ मंगलबार





