राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र छविलाल जोशीको रिट निवेदनमाथिको आजको सुनुवाइ स्थगित भएको छ।
कानुन व्यवसायीले माग गरेपछि उच्च अदालत बुटवलमा दायर गरेको उक्त रिटको सुनुवाइ स्थगित भएको हो। बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा आजका लागि पेसी तोकिएको थियो। गोला प्रथाबाट तीन नम्बर इजलासको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ परेको थियो।
तर, लामिछानेको मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले उनका कानुन व्यवसायीले बुटवल इजलासमा स्थगन माग गरेपछि सुनुवाइ स्थगित भएको हो।
प्रकाशित: ४ मंसिर २०८२ १३:०४ बिहीबार





