३० वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

बागलुङमा साढे दुई करोडको लागतमा स्वास्थ्य चौकी भवन बन्ने

भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका–७ को भिमगिठे स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ ।  

भवनको बिहीबार शिलान्यास भएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रुपमा भवनको शिलान्यास गरे ।  

भारत सरकारको दुई लाख ५० हजार रुपैयाँको आर्थिक सहयोगमा बन्ने यो स्वास्थ्य चौकी भवनलाई उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत बडिगाड गाउँपालिकाले कार्यान्वयनमा ल्याउने छ ।

भवनको शिलान्यास गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । नयाँ संरचनाले बडिगाड गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याउन मद्दत पुग्ने उनको विश्वास छ।  

नजिकका छिमेकीको रुपमा भारत र नेपालबीच बहुक्षेत्रीय सहकार्य हुँदै आएको छ । यस्ता सहकार्यका पाटालाई निरन्तर अघि बढाउने भारतीय पक्षको प्रतिवद्धता छ।

प्रकाशित: ३ वैशाख २०८३ १९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App