शेखर कोइराला पक्षका कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले राजीनामा दिएपछि कांग्रेसका अर्का मन्त्रीले पनि राजीनामा दिने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने तयारी गरेका छन्। सोमबार जेन-जीको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा १९ जनाले ज्यान गुमाए भने सयौं घाइते भएका छन्।
महामन्त्री गगन थापा पक्षका मन्त्री पौडेलले पनि राजीनामा दिन लागेका छन्। सरकारको चौतर्फी आलोचना भइरहेको छ।
प्रकाशित: २४ भाद्र २०८२ १०:४३ मंगलबार





