१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बम काण्डमा पक्राउ परेका लामालाई हर्कले गरे निलम्बन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले विष्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ परेका पार्टीका उपाध्यक्षलाई निलम्वन गरेका छन् ।  

पार्टीका उपाध्यक्षसमेत रहेका कुमार भनिने राजकुमार तामाङ (लामा) लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंबाट पक्राउ मंगलबार पक्राउ गरेको  थियो ।  

अध्यक्ष साम्पाङले सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपुगोस् भन्ने खातिर निलम्वन गरेका जनाएका छन् । उनले विहीबार एक जानकारीमार्फत अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेल सम्मका लागि निलम्वन गरेको उल्लेख गरिएको छ । सिआइबीको टोलीले मंगलबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनबाट तामाङलाई पक्राउ गरेको थियो ।  

गत २०८१ भदौ १४ गते पाँचथरमा भएको बम विष्फोटको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उक्त विष्फोटमा परी एक बालिकाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

त्यसअघि उनी २०६८ सालमा काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम विष्फोट गराउने घटनामा संलग्न थिए । उक्त विष्फोटमा मानबहादुर तामाङसहित तीन जनाको मृत्यु भएको थियो भने अन्य व्यक्तिहरू घाइते भएका थिए। कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई जेल परेका लामा वि.सं. २०७६ सालको प्रजातन्त्र दिवसमा आममाफी पाएर जेलमुक्त भएका थिए ।  

 

प्रकाशित: २ पुस २०८२ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App