श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले युवाहरूलाई पैसामा नलोभिन आग्रह गरेका छन्। हतुवागढी र आमचोक गाउँपालिकामा आज भएको चुनावी सभा तथा भेटघाटका क्रममा अध्यक्ष साम्पाङले यस्तो आग्रह गरेका हुन्।
उनले सो क्रममा अन्य राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको आरोप लगाए। उनले काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत संस्कार देखिएको जिकिर गरे।
श्रम संस्कृति श्रम गर्ने र गरिखानेहरूको पार्टी भएकाले विश्वास गर्न उनले सबैलाई आग्रहसमेत गरे।
प्रकाशित: ११ फाल्गुन २०८२ १८:५४ सोमबार





