२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनुपर्छ : सुदन किराती

श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले पार्टी अध्यक्ष हर्कराज साक्पाङलाई देशको प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन्।

मंगलबार उदयपुरको गाईघाटमा पत्रकारसँग कुरा गर्दै किरातीले अब बाहिरबाट ‘हाइब्रिड’ रूपमा निर्माण गरिएका नभइ नेपाली माटोमै जन्मिएको ‘अर्गानिक’ नेतृत्वलाई अवसर दिनुपर्ने बताएका हुन्।

‘अब कतैबाट विजारोपण गरिएको वा हाइब्रिड गरिएको नेता होइन, नेपालकै माटोमा उत्पत्ति भएको अर्गानिक हर्क साम्पाङजस्तो नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ,’ उनले भने।

उनले लामो समयदेखि राजनीतिमा स्थापित नेतृत्व पुस्तालाई विस्थापन गर्दै जनताले नयाँ नेतृत्वको खोजेको बताए।

‘फिल्मी शैलीमा काम गर्ने कोसिस गर्दा देश र जनतालाई गम्भीर धोका भएको छ। चमेलीको बोलिदिने कोही छैन भनेर एकाएक उदाएका बालेनले बिनायोजना गरिबमाथि नै डोजर लगायो,’ किरातीले भने।   

प्रकाशित: १९ जेष्ठ २०८३ ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App