२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

हर्क साम्पाङ दुर्घटनामा घाइते, कस्तो छ स्वास्थ्य अवस्था ?

श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ दुर्घटनामा घाइते भएका छन्।

हिजो (बिहीबार) साम्पाङ दुर्घटनामा घाइते भएको पार्टीका नेता सुदन किरातीले जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेख्दै उक्त घटनाले आफूलाई चिन्तित तुल्याएको बताए।

साथै किरातीले साम्पाङलाई सामान्य चोटपटक भएकाले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उनी आफ्नो दैनिकीमा सदाझै सकृय हुने जानकारी दिए।

आम पार्टी पंक्ति अर्थात श्रमदाता शुभेच्छुकहरूलाई धेरै चिन्ता नगर्न उनले अनुरोध समेत गर्दै अध्यक्षको पूर्ण शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

'हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझै सकृय हुनुहुन्छ,' उनले भनेका छन्, 'आम पार्टी पंक्ति अर्थात श्रमदाता शुभेच्छुक तथा साथीहरूलाई धेरै चिन्ता नगर्न अनुरोध गर्दछु। अध्यक्षज्यूको पूर्ण सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।'

प्रकाशित: २२ जेष्ठ २०८३ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App