धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ)को पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगले आइतबार साम्पाङको दल ‘श्रम संस्कृति पार्टी’ दर्ता गरेर आधिकारिक प्रमाणपत्र दिएको छ।
साम्पाङले आइतबार निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र लिएका छन्। उनको दलको चुनाव चिन्ह ‘माटो’ राखिएको छ।
पार्टीमा २८ केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी तोकिएका छन्। साम्पाङ अध्यक्ष रहेको पार्टीको देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई रहेका छन् । प्रवक्तामा अरुण गुरुङ तोकिएका छन्।
साम्पाङले दसैँअघि गत असोज १२ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।
प्रकाशित: १६ कार्तिक २०८२ १५:२८ आइतबार





