धरानका मेयर हर्क साम्पाङले आफ्ना विरोधीलाई गाली हैन समर्थन गरेर देश विकाशको बाटोमा लाग्न सल्लाह दिएका छन्। हर्कलाई गाली गरेर भन्दा समर्थन र सहयोग गर्दा देश बन्ने उनको धारणा रहेको छ।
‘हर्क साम्पाङलाई समर्थन र सहयोग गर्दा देश बन्छ!,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भौतिक, बौद्धिक, सामाजिक र आर्थिक विकासको जरा हो हर्क साम्पाङ यो कहिल्यै नभुल्नु !’
उनले आफूलाई गाली गरेर, विरोध गरेर केही छिन र केही दिन चर्चामा आए पनि जनताले त्यसको प्रतिकार आफै गर्ने गरेको सुनाए। ‘जनताले कमेन्टमा तिमीलाई के लेख्या भन्या हुन्छन् थाहा छ ?,’ गाली गर्नेलाई लक्षित गर्दे उनले लेखेका छन्, ‘मलाई समर्थन गर देश बन्छ।’
प्रकाशित: ३ भाद्र २०८२ ०७:११ मंगलबार





