१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले सात लाख थान राहदानी खरिद गर्ने

सरकारले सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने भएको छ।  

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरिम अवधिका लाग अहिलेकै आपूर्तिकर्ता फ्रान्सेली कम्पनीसँगै नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि उक्त संख्यामा राहदानी किन्ने भएको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भेरियसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिए ।  

राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको सरकारले उक्त कदम चालेको  मन्त्री खरेलको भनाइ छ।  

सरकारले लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा दीपक श्रेष्ठलाई मनोनित गरेको छ। यस्तै सरकारले नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथीमा र एक जना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय गरेको छ।  

मन्त्रिपरिषद्ले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गठन गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौँ बैठकमा सहभागी हुन ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ। यस्तै सरकारले मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनारमा सहभागी हुन आदिवासी जनजाति आयोगका सदस्य रिना रानालाई स्वीकृत प्रदान गरेको छ । 

प्रकाशित: ५ मंसिर २०८२ १७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App