२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनसम्बन्धी अध्यादेश ल्याउँदै सरकार, राष्ट्रपतिसमक्ष सिफारिस

फाइल तस्बिर

सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।  

सरकारले अध्यादेशमार्फत् दलित आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा निर्धारण गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची संशोधन गर्न लागेको हो।  

यसैबीच, विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका किशोरहरूलाई राख्ने गरी सरकारले नुवाकोटको बिदुरमा निर्माण भएको केन्द्रीय कारागारको ब्लकलाई बाल सुधार गृहको रुपमा सञ्चालन गर्ने भएको छ । 

यसैबीच सरकारले सरकारले गत भदौं २३ र २४ गतेको घटना जाँचबुझका लागि गठन गरेको उच्चस्तरीय आयोगको समयावधी एक महिना थप गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित: ३ पुस २०८२ १७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App