१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल सरकारले रिहा गर्नुपर्छ : शाही

फाइल तस्बिर

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल सरकारले रिहा गर्नुपर्ने बताएका छन्।

उनीहरूको माग ८४ को चुनाव ८२ मा गर्नका लागि नभइ यो देश बनाउनका लागि भएको बताए। साथै ७६ जना युवाहरू ज्यान र ५०० जनाभन्दा बढी घाइते कुर्सी परिवर्तनका लागि मात्र मरेका थिएनन भन्दै उनले भने, 'माइतीघर मण्डलाबाट पक्राउ परेका अभियन्ताहरूलाई तत्काल सरकारले रिहा गर्नुपर्छ। उनीहरूको माग भनेको ८४ को चुनाव ८२ मा गर्नका लागि होइन यो देश बनाउनका लागि हो ७६ जना युवाहरू ज्यान र ५०० जना भन्दा बढी घाइते  सिर्फ कुर्सी परिवर्तनका लागि मरेका थिएन घाइते भएका थिएनन्।'

यस्तै देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द, भ्रष्टाचारीहरूलाई हदैसम्म कारबाही गर्न र सर्वस्व हरण गर्न र नेपाली झन्डामुनि बसेर राष्ट्रिय एकता कायम गर्नका लागि उनीहरूको सहिद भएका र लडेका बताए।

'हामी सबै आआफ्नो क्षेत्रबाट लडेका हौँ। त्यसैले त्यो माग यो सरकारले पूरा गर्नुपर्ने हुन्छ। यदि यो माग सरकारले पूरा गरेन भने देशभरि फेरि आन्दोलन हुन्छ,' सामाजिक सञ्जालमा लेख्दै उनले भने, 'न यो सरकारले धान्न सक्छ न यो व्यवस्थाले धान्न सक्छ। अब परिवर्तन भएरै छाडिन्छ सम्झौताका नाममा धोका दिन पाइँदैन।'

प्रकाशित: २३ आश्विन २०८२ १३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App