संविधानविद् डा. विपिन अधिकारीले सरकारले राजनीतिक दलहरूलाई तह लगाउने भ्रमबाट मूक्त रहेर काम गर्नुपर्ने बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै अधिकारीले यस्तो बताएका हुन्।
‘धेरैलाई लाग्दछ, उचाल्ने मान्छे पनि धेरै छन्। धेरैले भन्दछन्–यो राजनीतिक दलहरूलाई तह लगाउन आएको हो,’ संविधानविद् अधिकारीले भने, ‘त्यो भ्रमबाट सरकार मुक्त हुनुपर्दछ। राजनीतिक दलबिना हाम्रो लोकतन्त्र चल्दैन।’
नेपालमा भएका ठुला पार्टीको तत्काल विकल्प नभएको पनि अधिकारीले दाबी गरे। उनले भने, ‘विकल्प आउला, तर त्यो विकल्प बनाउनलाई राजनीतिमा प्रयास गर्नुपर्छ।’ अहिलेका नेतृत्वले आफ्नो इज्जत गुमाएको अवस्था रहेपनि ती पार्टीमा दोस्रो र तेस्रो पुस्ताका नेता पनि रहेकोतर्फ सचेत रहन उनले आग्रह गरे।
लोकतन्त्रमा पार्टीलाई मिनिमाइज गर्नुुहुन्न भन्ने कुरा सरकारले ख्याल राख्नुपर्ने उनले बताए।
प्रकाशित: १ आश्विन २०८२ २१:०४ बुधबार




-600x400.jpg)
