नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलन सरकारको शैली परिवर्तन र सुशासनको निम्ति भएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आन्दोलन पछि ठुलो जनविश्वास र आशा बोकेर बनेको सरकार सफल हुनुपर्ने बताए।
उनले भने, ‘यो आन्दोलन कुनै दल विशेषको पक्ष या विपक्ष भन्दा पनि सरकार परिवर्तनको लागि मात्र होइन। संस्कार परिवर्तनको निम्ति थियो, सरकारको शैली परिवर्तनको निम्ति थियो, सुशासनको निम्ति थियो, विधिहीनता र दण्डहीनताको अन्त्यको निम्ति थियो।’ आन्दोलनको मर्मअनुसार अहिलेको सरकार चल्नुपर्ने उनको भनाइ छ।
यस्तै, उनले बाढीमा फसेकाहरूको सुरक्षाका लागि केही अपुग भएको बताउँदै सरकारले बाढी प्रभावितको समस्यामा ध्यान दिनुपर्ने बताए।
प्रकाशित: २४ भाद्र २०८३ १३:५६ बुधबार





