सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासनमार्फत भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताएका छन्।
श्रीकृष्ण प्रणामी जिल्ला सेवा समिति ललितपुरद्वारा ललितपुरको इमाडोलस्थित कृष्ण मन्दिरमा आजदेखि सुरु भएको ‘श्रीमत्तारतम’ सागर पाठपारायण सप्ताह ज्ञान महायज्ञ २०८२ को उद्घाटनका अवसरमा उनले आगामी निर्वाचनमा सही प्रतिनिधि छनोट गर्न आग्रह गरे।
उनले भने, ‘वर्तमान सरकार जेनतेन आन्दोलनको जगमा गठन भएको हो। सरकारको प्रमुख ध्येय निर्वाचन सम्पन्न गराउनु नै हो। यसमा सहयोग गर्न म सबैमा आग्रह गर्छु।’ मन्त्री खरेलले धर्मको महत्त्व र महिमा उच्चकोटीको रहेको चर्चा गरे।
महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले सत्कर्मको भाव अनुसरण गर्दै समाजसेवामा लाग्न जोड दिइन्। आयोजक समितिका अध्यक्ष राजन थापाले असक्तलाई सहयोग गर्न सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको जानकारी गराए।
प्रकाशित: २१ मंसिर २०८२ १३:४८ आइतबार

