सरकारले पत्रकारलाई गिरफ्तार नगरेको बताएको छ। सिंहदरबारमा मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारलाई आन्तरिक अनुसन्धानका लागि प्रहरीले सल्लाह मात्र गरेको बताए।
पत्रकार पक्राउ प्रहरीको आन्तरिक कुरा भएको बताउँदै उनले यसअघि सरकारलाई जानकारी नभएको बताए।
‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन। त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन’, उनले भने, ‘प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो।’
प्रधानमन्त्रीलाई यसको जानकारी आउनासाथ पत्रकारलाई हिरासतमा नराख्न निर्देशन दिइएको बताउँदै उनले भने,‘कसैलाई गिरफ्तार गरेको वा नियन्त्रणमा लिएको भने होइन।’
प्रकाशित: १७ कार्तिक २०८३ १७:५३ मंगलबार



-600x400.jpg)
