५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

सरकारले छानविनका नाममा एमाले अध्यक्षलाई कारबाहीको ध्वाँस देखाउँदैछ: शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले छानबिनका नाममा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाहीको ध्वाँस देखाउने प्रयत्न गरिरहेको बताएका छन् ।  

भृकुटीमण्डपमा आज आयोजित पार्टीको जागरणसभामा उनले ‘जेनजी’ आन्दोलनका बेलाका घटनामा तत्कालीन प्रधानमन्त्री नै जिम्मेवार हुने बताउने गरिएको भन्दै आपत्ति जनाए ।  

‘कतिपयले भन्ने गरेका छन्– (भदौ) २३ गतेको घटनामा प्रधानमन्त्री जिम्मेवार छन् । प्रधानमन्त्री त चिन्तित हुनुहुन्थ्यो, उहाँले त किन त्यस्तो घटना घट्यो भनेर सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गर्नुभएको थियो,’ उनले भने, ‘र, मन्त्रिपरिषद् बैठकबाट निष्पक्ष छानबिन गर्न आयोग गठन गर्ने फैसला गर्नुभएको थियो ।’

पोरखेलले सरकार विध्वंसका नाममा खडा भएको टिप्पणी गरे । उनले भने, ‘विध्वंसको नाममा खडा भएको सरकार कथित छानबिनका नाममा हाम्रो पार्टी अध्यक्षमाथि केन्द्रित भएर कारबाहीको ध्वास देखाउने प्रयत्न गरिरहेको छ।’

षड्यन्त्र, विध्वंस गर्नेमाथि कारबाही हुनुपर्ने भन्दै उनले अध्यक्ष ओलीमाथि प्रहार गर्नु भनेको जनतामाथिको प्रहार भएको बताए ।

प्रकाशित: ६ मंसिर २०८२ १४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App