१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचनका लागि सरकारले दलहरूसँग पर्याप्त संवाद गरेको छैन : सहसंयोजक नेपाल

फाइल तस्बिर

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सरकारले निर्वाचनका लागि राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्।

आज बिहान सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफूहरू निर्वाचनको पक्षमा भए पनि सरकार र राजनीतिक दलबिच गहन वार्ता हुन नसकेको बताए।

नेता नेपालले भने, ‘सरकारले निर्वाचनको वातावरण बनाएको छ भन्न पनि नमिल्ने र निर्वाचनको वातावरण बिथोलेको छ भन्न पनि नमिल्ने अवस्था रहेको छ।’ आफूहरू चुनावको तयारीमा जुटिरहेको र यद्यपि सरकार र राजनीतिक दलहरूबिचको संवाद पर्याप्त नभएको उनको टिप्पणी थियो।

जेनजी आन्दोलनपछि नेपालमा राजनीतिक दलहरूको समर्थनमा जनता छैनन् भन्ने गलत भाष्य निर्माण गरिए पनि पछिल्ला राजनीतिक दलहरूको कार्यक्रमले त्यो भाष्यलाई पुष्टि नगरेको उनको भनाइ छ। 

नेपाली जनता सधैँ राजनीतिक आस्थामा रहेको भन्दै उनले निर्वाचन गर्नका निम्ति सरकारले दलहरूसँग संवाद गर्न जरुरी रहेको बताए। सो अवसरमा उनले वर्तमान अवस्थामा चुनावमा नै देश जाला त ? भन्ने प्रश्न खडा भएको पनि उल्लेख गरेका थिए। रासस

प्रकाशित: २९ मंसिर २०८२ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App