नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले भोटेकोशी बाढीमा उद्धार तथा राहतमा सरकारले अपेक्षित गति लिन नसकेको आरोप लगाएकी छिन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाढी आएको दुई हप्ताभन्दा बढी हुँदा समेत सरकारले प्रभावकारी काम गर्न नसकेको बताइन्।
बाढीले पुर्याएको क्षति र नागरिकले भोग्नुपरेको कष्टबारे सरकारको ध्यानाकर्षण गराउँदै उनले बाढीमा सम्पर्कविहीन नागरिकको सही विवरण तत्काल अद्यावधिक गर्न माग गरिन्।
यस्तै, उनले आवश्यक ठाउँमा थप जनशक्ति, प्रविधि र उद्धार उपकरण परिचालन गरि नागरिक बचाउन आग्रह गरिन्।
उनले भनिन्, ‘सरकारको पहिलो दायित्व नागरिक बचाउनु हो। सङ्कटमा परेका नागरिकलाई राज्यको उपस्थिति महसुस गराउनुपर्छ।’
प्रकाशित: २४ भाद्र २०८३ १४:२१ बुधबार


-600x400.jpg)

-600x400.jpg)
-600x400.jpg)