राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) रसुवा बाढी प्रभावितहरुको लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ सहयोग गरेको छ।
एनएफपिजे नेपालका केन्द्रीय अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनालाई उक्त सहयोग रकम बैंकमा दाखिला गरेको भौचर हस्तान्तरण गरिएको हो। रकम हस्तान्तरण कार्यक्रममा एनएफपिजे नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।
विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले फोटो पत्रकारहरूले आफ्नो खाजा खर्चसमेत कटाएर सहयोग रकम संकलन गरेको एनएफपिजे नेपालले जनाएको छ।
प्रकाशित: २४ भाद्र २०८३ १७:२५ बुधबार





-600x400.jpg)