२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सरकारले मुलुकलाई सही मार्गनिर्देश गर्न सकेन : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारको नेतृत्वले मुलुकलाई धराशायी बनाउँदै लगेको आरोप लगाएका छन्। सरकारले मुलुकलाई सही मार्गनिर्देश गर्न नसकेको भन्दै बस्नेतले सरकारको नेतृत्वप्रति कडा टिप्पणी गरेका छन्।

बस्नेतले भने, ‘यो मुलुकमा सरकार जनतामाथि शासन, शोषण र दमन गर्नका लागि मात्र बनाइएको हो जस्तो लाग्छ। सरकार बेलगाम छ। जनतामाथि काँडेतार र अङ्कूश लगाउँन तथा मुलुकलाई कमजोर बनाउँन सरकारले कुनै कसर बाँकी राख्ला जस्तो छैन।’

बस्नेत मुलुकको मुख्य राजनीतिक दलको नेतृत्वले पञ्चायतकालीन पृष्ठभूमि र दृष्टिकोण बोकेको बताउँछन्। उनी भन्छन्, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अपनाएका छौँ। जनताको चेतना र आकांक्षा एक्काइसौँ शताब्दीको छ। विश्व एआईको दुनियाँमा प्रवेश गरेको छ। तर हाम्रो राजनीतिक नेतृत्वको सोच, विचार र संस्कार शुद्ध सामन्तवादी छ।’

सत्तारूढ दल आफ्नो कार्यकाल अवधिमा जनताका काममा ध्यान दिनुको सट्टा मिसन २०८४ भन्दै जनतामाथि घात गरिरहेको उनको दाबी छ। उनले भने, ‘चुनावमा जितेर सरकारमा जाने र सरकारमा गएर चुनाव जित्ने मुलुकका मुख्य राजनीतिक दलहरूको आजसम्मको एकमात्र उद्देश्य बन्यो।’

राजनीतिक प्रणाली, ठीक राजनीतिक नेतृत्व र समग्र राजनीति ठीक नभएसम्म अरू कुनै नीति पनि ठीक हुन नसक्ने उनको भनाइ छ।

प्रकाशित: २३ श्रावण २०८२ १०:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App