१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मधेसमा सरकार विस्तार, दुई मन्त्रीले लिए शपथ

मधेस प्रदेश सरकार विस्तार भएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी रानी शर्मा तिवारी र माओवादी केन्द्रका जवाहरलाल कुश्वाहालाई सहभागी गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

मुख्यमन्त्री यादवको सिफारिसमा नियुक्त भएका दुई मन्त्रीले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।  

तिवारीले शिक्षा तथा संस्कृति र कुश्वाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय सम्हाल्नेछन्।  

यस्तै, बिना विभागीय मन्त्रीको रूपमा रहेका कांग्रेसका जंगिलाल रायले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कनिष पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

प्रकाशित: २९ मंसिर २०८२ १८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App