२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

सुशासन र जनतालाई सरल सेवा प्रवाह गर्नु सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री सोनल

मधेस प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनार (सोनल) ले जेनजी आन्दोलनले उठाएको सुशासन, समृद्धि र जनतालाई सरल सेवा प्रवाहको माग सम्बोधन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

पद तथा गोपनीयताको शपथ ग्रहणपछि आज सञ्चारकमीसँग जनकपुरधाममा आज कुरा गर्दै उनले सङ्घीयतालाई बलियो बनाउनका लागि नै गठबन्धन सरकार बनेको उल्लेख गरे। विगतका सरकारले गरेका राम्रा कामको निरन्तरता तथा नयाँ कामको थालनी गरिने मुख्यमन्त्री सोनारले प्रतिबद्धता व्यक्त गरे।

उनले बाँकी सहयात्री दलहरूको तर्फबाट चाँडै अन्य मन्त्री नियुक्ति हुने बताए।

प्रकाशित: ३० आश्विन २०८२ १९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App