८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

गोकुल भन्छन्ः पिरती पातसँग हैन, जरासँग लगाउनु पर्छ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिले पिरती पातसँग हैन रुखको जरासँग लगाउनुपर्ने बताएका छन्। पार्टीमा नव गणेश र गैर वामपन्थी चरित्रको हावीहुदै गएको सन्दर्भमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। ‘राजनीतिले पिरती हरेक वसन्तमा झर्ने पातसित हैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रुखको जरासित लाउनु पर्छ।’

नेताले सत्य तथ्य बोलेपछि  समग्रमा राम्रो हुने उनको बुझाई छ। तर यस्ता पत्करका कारण समस्या आउने गरेको उनले सुनाए। पार्टीमा ‘दिनभन्दा पनि लिन’ आउने प्रवृत्तिले समस्या आएको बताएका छन्। 

‘कमरेड प्रदीप ज्ञवालीले राम्रो कुरा उठाउनु भएछ,धन्यवाद।मैले पनि यस्तै कुरा उठाए,’ उनले लेखेका छन्, ‘तर पार्टीमा दिन हैन, लिन आएका नव गणेश र गैर वामपन्थी चरित्रका पत्कर उचालेर लगातार प्रहार गरियो।’ 

प्रकाशित: १८ भाद्र २०८२ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App