४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

गोकुलको व्यंग्य : स्वार्थका लागि ‘मीत’ लगाउँदा छिमेकीले पनि ठान्छन् भन्ने भ्रम कागलाई बेल पाकेजस्तै हो

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले मीत लगाउँदैमा छिमेकीले मीत ठान्छन् भनेर आशा गर्नु बेकार भएको टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, ‘आफ्नो स्वार्थपूर्ण विश्वास प्रकट गर्न कसैले मीत लगाउँदैमा त्यो देख्ने, सुन्ने उनका छिमेकी र गाउँलेहरूले नै मीत लाएको ठान्नु मीतकै लागि आशापूर्ण भ्रम हो। र, अरूका लागि कागलाई बेल पाके जस्तै हो। फेरि मितेरी साइनो साइँदुवा सम्बन्ध हो, जसमा संकट पर्दा मीतको टाउको वेलैसरी भन्छन्।’

बास्कोटाको यो अभिव्यक्तिलाई धेरैले राजनीतिक सन्दर्भमा व्याख्या गरेका छन्। विशेष गरी पछिल्लो समय भइरहेको राजनीतिक गठबन्धनप्रति उनले कटाक्ष गरेको टिप्पणी धेरैको छ।

प्रकाशित: १९ पुस २०८२ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App