१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

गोकर्ण विष्ट भन्छन्: एकताबद्ध र रुपान्तरणमुखी पार्टी निर्माणको प्रतिबद्धता गर्दछौँ

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित गोकर्ण विष्टले पार्टी नेतृत्व, प्रतिनिधि र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै एकताबद्ध, सबल र गतिशील एमाले निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद ज्ञापन गर्दै विष्टले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने सबैप्रति आभार भनेका छन् । उनले अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सम्पूर्ण निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले प्रतिस्पर्धामा सहभागी भई लोकतान्त्रिक अभ्यासलाई समृद्ध बनाउने सबै उम्मेदवारको भूमिकाको उच्च कदरसमेत गरेका छन्।

स्टाटसमा विष्टले खुला प्रतिस्पर्धा र युगले खोजेको रुपान्तरणसहितको पार्टी निर्माणका लागि अभियानको नेतृत्व गर्ने ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेलगायत नेताहरूको निष्ठा, साहस र संघर्षप्रति सम्मान व्यक्त गरेका छन्। साथै, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, केशव वडालगायत अग्रज नेताहरूले देखाएको उच्च नैतिकता र त्यागको खुलेर प्रशंसा गरेका छन्।

केन्द्रीय उपाध्यक्ष पदमा विजयी गराउन मत दिने प्रतिनिधि, हौसला प्रदान गर्ने अग्रज नेता, प्रचारप्रसारमा सक्रिय सहयोद्धा तथा सञ्चारकर्मीप्रति आभार प्रकट गर्दै विष्टले देशविदेशबाट साथ, सहयोग र समर्थन गर्ने सबै शुभेच्छुकलाई धन्यवाद दिएका छन्।

उनले संगठित प्रयासमार्फत पार्टीलाई अझ सबल, गतिशील र एकताबद्ध बनाउँदै देशलाई अन्यौल र निराशाबाट निकास दिन एमाले सफल हुने विश्वास व्यक्त गरेका छन्। ‘हाम्रो साझा प्रयत्नले पार्टी सुदृढ बन्दै देशलाई सकारात्मक दिशातर्फ अघि बढाउन सकिन्छ,’ विष्टले उल्लेख गरेका छन्।

महाधिवेशनपछि नेतृत्व चयनसँगै एमालेभित्र एकता, रुपान्तरण र संगठन सुदृढीकरणलाई मुख्य एजेन्डा बनाइने सन्देश विष्टको अभिव्यक्तिले दिएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

फेसबुकको विष्टको स्टाटस

‘हार्दिक  आभार एवं धन्यवाद ।

सर्वप्रथम नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न भूमिका खेल्नुहुने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु । महाधिवेशनमा विजय हासिल गर्ने अध्यक्ष कमरेड केपी ओलीसहित सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रतिस्पर्धामा उम्मेदवारका रुपमा भाग लिई लोकतान्त्रिक अभ्यासलाई समृद्ध बनाउने सबै कमरेडको भूमिकाको उच्च कदर गर्दछु ।  

खुला प्रतिस्पर्धा र युगले खोजेको रुपान्तरणसहितको पार्टी निर्माणका लागि हाम्रो अभियानको नेतृत्व गर्नुहुने कमरेड ईश्वर पोखरेल र कमरेड सुरेन्द्र पाण्डेलगायतका सबै नेता कमरेडहरुको निष्ठा, साहस र संघर्षलाई हार्दिक सम्मान छ । त्यसैगरी आजीवन सामाजिक परिवर्तनको आन्दोलनमा समर्पित आदरणीय कमरेडहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, केशव वडालसहितका अग्रजहरुले देखाउनुभएको उच्च नैतिकता र त्यागको प्रसंशा गर्दछु ।  

यस महाधिवेशनमा मलाई केन्द्रीय उपाध्यक्ष पदमा विजयी गराउन अमूल्य मत दिनुहुने सबै आदरणीय प्रतिनिधि कमरेडहरु, हौसला दिनुहुने आदरणीय अग्रजहरु, प्रचारप्रसारमा अहोरात्र खट्ने सहयोद्धा कमरेडहरुप्रति हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु । यो अभियानमा महत्वपूर्ण योगदान दिनुहुने संचारकर्मी मित्रहरु, देशविदेशमा रहेर साथ, सहयोग र समर्थन गर्नुहुने सबै शुभेच्छुकलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु ।  

हाम्रो संगठित प्रयत्नले पार्टीलाई सबल, गतिशील र एकताबद्ध बनाउँदै, देशलाई अन्यौल र निराशाबाट निकास दिलाउन अवश्य सफल हुने छौँ ।  

धन्यवादसहित हार्दिक अभिवादन !’

प्रकाशित: ३ पुस २०८२ १५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App