२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

चीनबाट फर्केर झलनाथले भनेः विद्या राजनीतिमा आउनु सकारात्मक

एमालेले चाहे वामपन्थी एकता हुनसक्छ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्व राष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा फर्किनु सकारात्मक रहेको बताएका छन्। शनिवार चीनबाट फर्केपछि सञ्चारकर्मीसँग कुरा गर्दै झलनाथ खनालले यस्तो बताएका हुन्। 

‘पूर्व राष्ट्रपति विद्या भण्डारी कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले राजनीतिमा फर्किएको हो भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ खनालले भने। 

यस्तै उनले सबैभन्दा ठुलो वामपन्थी शक्ति एमाले नै रहेकाले उसले चाहे नेपालका वामपन्थी शक्तिबिच एकता हुनसक्ने उनले बताए। ‘एमालेले नै अरूलाई एकताबद्ध गर्न नचाहेकाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि सत्य हो,’ खनालले भने, ‘एमालेले वामपन्थी एकता गर्न चाहे ठुलो संख्याको एकता हुनसक्ने सम्भावना रहेको छ।’

यद्यपि अहिलेको एमाले नेतृत्व(केपी शर्मा ओली)बाट भने वामपन्थी एकताको सम्भावना नरहेको उनले बताए। 

प्रकाशित: २८ असार २०८२ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App