२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जेन जीको भ्रष्टाचारविरुद्धको आक्रोश स्वाभाविक, भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन जारी छ : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जेनजी (Gen Z)को आक्रोश स्वाभाविक भएको बताउका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जेनजीले आज गर्न लागेको प्रदर्शनलाई स्वाभाविक भएको बताएका हुन्।

अध्यक्ष दाहालले सामाजिक सञ्जालमाथि गरिएको अवरोधलाई जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै कडा आपत्ति जनाएका छन्। उनले युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्ध गर्न लागेको प्रदर्शन स्वाभाविक भएको बताए।

'सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी छ,' उनले सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन्।

दाहालले भ्रष्टाचारविरुद्ध जनतासँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनलाई अझ प्रभावकारी बनाइने बताएका छन्।

प्रकाशित: २३ भाद्र २०८२ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App