२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
फोटो फिचर

अस्पतालमा भावुक ओली-राधिका, पिताप्रति श्रद्धाञ्जली (तस्बिरहरू)

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरूको अस्पतालमा भिड लागेको छ। 

भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा मोहनप्रसादको पार्थिव शरीर राखिएको छ। अध्यक्ष ओली र पत्नी राधिका शाक्यले बुवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै आफन्त, नातेदार र पार्टी नेता–कार्यकर्ताहरू पनि अस्पताल पुगेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

अध्यक्ष ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो।

प्रकाशित: २९ फाल्गुन २०८२ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App