१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सुमना, सागर र सुदनसहितको कुलमानको पार्टीमा 'जेनजी पार्टी’ पनि जोडिने

वर्तमान सरकारमा महत्वपूर्ण तीन विकासे मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले आज (सोमबार) नयाँ पार्टीको घोषणा गर्दै छन्।

उक्त पार्टीमा केही दिनअघि निर्वाचन आयोगमा दर्ता भएको ‘जेनजी पार्टी’ पनि जोडिने दाबी गरिएको छ। कुलमाननिकट एक व्यक्तिका अनुसार त्यस पार्टीमा स्वतन्त्र प्रदेश सांसद ताराप्रसाद जोशी पनि सहभागी हुने छन्। यसैगरी सुमना श्रेष्ठ, सागर ढकाल पार्टीमा सहभागी हुने छन्। उक्त पार्टीमा जेनजी आन्दोलनका अगुवा दाबी गर्दै आएका सुदन गुरुङका प्रतिनिधिहरू पनि जोडिने छन्।

कुलमाननिकट अर्का व्यक्तिका अनुसार सोमबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ। त्यसका लागि यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तन गर्न आयोगमा निवेदन दिइनेछ। बढी सम्भावना भने नयाँ पार्टी दर्ताकै रहेको उनले जानकारी दिए।

स्रोतका अनुसार आयोगले उक्त पार्टीलाई पार्टीका रूपमा मान्यता दियो भने काठमाडौंमै एउटा घोषणासभा हुनेछ। उक्त पार्टीको चुनाव चिह्न ‘बलिरहेको चिम’ राखिने बताइएको छ। निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्न आगामी कात्तिक ३० गतेसम्म म्याद दिएको छ। म्याद सकिनै लाग्दा नयाँ पार्टी दर्ता गर्न कुलमान र उनीनिकट व्यक्तिहरूले सक्रियता बढाएका हुन्।

‘सुरुमा उज्यालो नेपाल पार्टी नै घोषणा गर्ने सम्भावना बढी थियो तर कुलमानको टिममा रहेका केही व्यक्तिले अर्को नाम राख्न कुलमानलाई सुझाएका थिए,’ स्रोतले भन्यो, ‘त्यसैले पनि जनसेवा पार्टी नाम रहने सम्भावना बलियो भएको हो।’

यो पनि पढ्नुहोस्

आज नयाँ पार्टी घोषणा गर्दै कुलमान, बालेनको पनि समर्थन

यो पनि पढ्नुहोस्

पार्टी खोल्दै कुलमान, नाम ‘जनसेवा पार्टी’ र चुनाव चिन्ह ‘बल्ब’ रहने सम्भावना

प्रकाशित: २४ कार्तिक २०८२ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App