१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। कार्की नेतृत्वको सरकार गठन भएपछि मन्त्रीहरूले भ्रष्टाचार र गैरजिम्मेवार निर्णय गरेको आरोप लगाउँदै जेनजी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा माग गरेको हो।

जेन्जी मुभमेन्ट नेपालले आज (सोमबार) प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप लगाएको छ। 

साथै यी सबै कार्य प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता र संरक्षणबिना सम्भव नहुने प्रवक्ता विजय शाहद‍्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ८ मंसिर २०८२ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App