नेकपा एमालेका महसचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यशैली बदलेर काम गर्न सुझाव दिएका छन्।
पोखरेलले समय छँदै बेलैमा सचेत र गम्भीर बनेर आफ्नै चुनावी वाचा र प्रतिबद्धतालाई सम्झन आग्रह समेत गरेका छन्। प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण उत्तरदायी बनेमा प्रधानमन्त्री शाह आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढ्नु नै राम्रो हुाे बताए।
यस्तो छ उनको स्टाटस:
प्रधानमन्त्रीज्यू, एक्लो भएको चिन्ता छाड्नुहोस्, कार्यशैली बदल्नुहोस्!
यदि तपाईँले:
• आफ्नै चुनावी वाचा र प्रतिबद्धतालाई सम्झनुहुन्छ,
• अपार जनमतको साँचो सम्मान गर्नुहुन्छ,
• संसदीय दलको नेता बनाउने आफ्नै दललाई विश्वासमा लिनुहुन्छ,
• प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण उत्तरदायी बन्नुहुन्छ, र
• आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढ्नुहुन्छ भने... तपाईँले कहिल्यै एक्लो भएको अनुभूति गर्नु पर्दैन!
तर, तपाईँ अहिले जसरी चल्दै हुनुहुन्छ— त्यसले तपाईँलाई एक्लो मात्र होइन, पूर्ण रूपमा असफल बनाउने निश्चित छ।
समय छँदै बेलैमा सचेत र गम्भीर बन्नुहोस्!
प्रकाशित: २३ श्रावण २०८३ १२:५९ शनिबार





