नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय संकटको समयमा उत्सव मनाउने प्रवृत्तिप्रति प्रश्न गरेका छन्। उनले भूराजनीतिक स्वार्थ, विध्वंस र अराजकताका सामु झुक्नु दासता र कायरता भएको बताउँदै यस्ता तत्वहरूविरुद्ध उभिनु नै सच्चा स्वाभिमान भएको उल्लेख गरेका छन्।
उनी लेख्छन्, ‘भूराजनीतिक स्वार्थकासामु लम्पसार पर्नु दासता होस त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो। विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता होस त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो।’
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र?’
हेर्नुस् उनको फेसबुक स्टाटस
यसरी पनि सोच्न सकिन्छ-
भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता होस त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो।
विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता होस त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो।
संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन-जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ??
हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्। तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्।
ती स्पार्टाकस-जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्व व्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन्।
प्रकाशित: २८ पुस २०८२ ०९:५० सोमबार





