पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीले जेन–जी आन्दोलन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकै दिन तुहाएको टिप्पणी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै मैनालीले यस्तो बताएका हुन्।
‘जेन–जी आन्दोलन सुशीला जीको क्याबिनेट बनाउने दिनमै तुहाइयो,’ मैनालीले भने, ‘किन? जेन–जीहरू राजनीतिक सचेत थिएनन्। एउटा आक्रोश आयो र बेथा के देखेँ भने गणतन्त्रको १८ वर्षमा भ्रष्टाचारले मात्रै चलायो, गरिबी मात्रै बढायो भन्ने आक्रोश थियो।’
उनीहरूले संविधान संशोधनको विषय त्यो दिन उठाउन नसकेको उनले बताए।
प्रकाशित: १२ कार्तिक २०८२ १९:४७ बुधबार


-600x400.jpg)


