२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

सुर्खेतमा जेन-जी आन्दोलन: सरकारी कार्यालय र नेताका घरमा आगजनी

जेन-जी  युवाहरूको आन्दोलनले कर्णाली प्रदेशको राजधानी अशान्त बनेको छ। आन्दोलनकारीहरूले संसद भवनदेखि पार्टीका कार्यालयहरू, नेताका घरहरू लुटपाट गर्नुका साथै आगजनी र तोडफोड गरेका छन्। मंगलबार बिहानदेखि आन्दोलनकारीहरू वीरेन्द्रनगरको मंगलगढी चोकमा जम्मा भएर प्रदर्शन सुरु गरेका थिए।  

आन्दोलनकारी युवाहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्रीको सरकारी निवास र निजी निवास, कर्णाली प्रदेशसभा भवन, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका पार्टी कार्यालयहरू, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र उनका भाइ डा. डमबर खड्काको निजी निवास जलाएका छन्। यस्तै वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, वडा नं. ६ र ७ को कार्यालयका साथै मेयर मोहनमाया ढकाल र उपमेयर नीलकण्ठ खनालको निजी निवास पनि जलाएका छन्।  

जिल्ला प्रशासन कार्यालय सुर्खेतले बेलुका साढे चार बजेदेखि कर्फ्यू लगाए पनि त्यसको कुनै प्रभाव देखिएको छैन। मुख्यमन्त्रीको सरकारी निवास, प्रदेशसभा, उपमेयर ढकालको निजी निवास कर्फ्यूपछि जलाइएका थिए। अहिले पनि आन्दोलनकारीहरूले विभिन्न सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरिरहेका छन्। हालसम्म १२ जना प्रहरी र केही आन्दोलनकारीहरू घाइते भएका छन्।

प्रकाशित: २४ भाद्र २०८२ २०:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App