वीरगन्जमा आन्दोलन पुनः सुरु भएपछि पर्सा प्रशासनले अहिले बिहान ११ बजेदेखि कर्फ्यु लगाएको छ।
युवाहरूले विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रदर्शनका कारण माईस्थान चोकलगायतका क्षेत्र तनावग्रस्त बनेपछि प्रशासनले अर्को सुचना जारी नभएसम्मका लागि करफ्यु लगाएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले बिहान केही सेल अश्रुग्यास प्रहार गरेको छ।
बिहान ९ बजेसम्म लगाइएको कर्फ्यू स्थिति साम्य भएको भन्दै पर्सा प्रशासनले बढाएको थिएन । तर कर्फयु नभएको मौका पारेर प्रदर्शनकारीले पुनः आन्दोलन थालेपछि निषेधाज्ञा जारी गरेको हो ।
प्रकाशित: २४ भाद्र २०८२ ११:१६ मंगलबार





